काठमाडौं। नेपालभाषाका चर्चित पत्रकार दर्शनबीर शाक्यको गीतको भिडियो सार्वजनिक भएको छ। पत्रकार शाक्यले लेखेको लुमन्ति बोलको गीत काठमाडौंको सोल्टीमोड स्थित निगालो गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

अत्यन्त प्रतिभाशाली गायिका सोनी राजभण्डारीको गायन रहेको लुमन्ति वोलको गीतको संगीतकार जुगल डंगोल हुुन्। लुमन्ति गीतको भिडियोमा रजनी खड्गी र दीपेन्द्र शाही ठकुरीको अभिनय रहेको छ। निर्देशन सुरज महर्जनले गरेका हुन्।

भिडियो सार्वजनिक समारोहमा गायिका सोनी राजभण्डारी आफूलाई सानैदेखि गायनमा अत्यन्त रुचि भएतापनि गायिका भने विवाह पछि मात्र भएको र अझ श्रीमान डा.विपुल राजभण्डारीको प्रेरणाले गायन क्षेत्रमा आएको खुलासा गरेकी छन्।

१६ बर्षअगाडि सांस्कृतिक संस्थानमा गायनको प्रशिक्षण लिएको तथा आफ्नो गायन यात्राको पहिलो सांगीतिक गुरु बरिष्ठ संगीतकार चन्द्रराज शर्मा भएको पनि गायिका राजभण्डारीले भनेकी छन्।
प्रकाशन मिति–२०७५ साल कात्तिक १८ गते आइतवार ।