काठमाडौं। नेपालीहरुको महान पर्व दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले आज आइतबारबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।

सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो।

५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ साट्न पाइने भएको हो।
प्रकाशन मिति–२०७५ साल असोज २१ गते आइतवार ।