Prem Sagar Karmacharya Apatka debata
Prem Sagar Karmacharya Apatka debata

काठमाडौ। बडादशैंको फूलपाती देखि महानवमीसम्म पनि नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई विरामीहरुका लागि रगतको जोहो गर्दैमा फुर्सद भएन।

अरुबेला भन्दा यो दर्शै तथा तिहारको पर्वको बेलामा रगतको अत्यन्त हाहाकार हुने तथा विरामीहरुलाई यहीबेला आपतकालिन रगतको आवश्यकता हुने भएकोले रक्तदाता कर्माचार्यलाई त्यसरी भ्याइँनभ्याइँ भएको हो।

नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यले फूलपाती देखि महानवमीका दिनसम्म अठारजना विरामीहरुका लागि रगतको जोहो गरिदिएर उनीहरुको ज्यान जोगाइदिने कार्य गरिदिएका छन्। सवैजना घरमा आरामका साथ दशैं मनाउन व्यस्त भैरहेको बेलामा कर्माचार्यलाई कहिले टिचिङ्ग अस्पताल त कहिले गंगालाल अस्पताल लगायत बीर अस्पताल, प्रसुति गृह अस्पताल, पाटन अस्पताल, ब्लड बैंक धाउंदैमा फुर्सद भएन।

Recorded Blood Donar of Nepal Mr. Prem Sagar Karmacharya Blood Donated in Kantipur Int. College.
Recorded Blood Donar of Nepal Mr. Prem Sagar Karmacharya Blood Donated in Kantipur Int. College.

विशेष गरेर यो दर्शैमा बी पोजिटिभ र ओ पोजिटिभ ब्लड ग्रुपका रगतको बढी डिमाण्ड रहेको कर्माचार्यले बताएका छन्। एकजना विरामीलाई ओ नेगेटिभि ब्लड ग्रुप पनि आवश्यक भएकोले त्यो पनि मुश्किलले मिलाइदिएको भनेका छन्। रगतको आवश्यकता भएको विरामीलाई विना शुल्क जहाँवाट जसरी भएपनि मिलाइदिएर मानवसेवा गर्दै आएका निःस्वार्थ व्यक्तित्व भएकोले कर्माचार्यलाई सवैले आपतका देवता पनि भन्ने गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज २४ गते सोमवार ।