kshitiza-dashain-fashion-2काठमाडौ । नेपालीहरुको महान पर्व दशैंलाई अझ महोत्सव बनाउने उदेश्यअनुरुप मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टले दशैं फेसन उत्सवको आयोजना गरेको छ। काठमाडौको टेकु स्थित भिबा ब्याँक्वीटमा दशैंको पहिलो दिन घटस्थापनाको दिन शनिवार आयोजित भव्य दशैं फेसन उत्सवको रौनक नै बेग्लै रह्यो।

kshitiza-dashain-fashion-5

नेपालको पहिलो रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी तथा बरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुसालका साथमा पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्यको स्टाइल र क्याटवाक विशेष बन्यो। तन्नेरी पुस्ताको रौनकतामा गम्केको दशैं उत्सव फेसन शोमा अघिल्लो पुस्ताका दुई अभिनेत्रीवाट तन्नेरी जोशमा क्याटवाक गरिनु र उनीहरुको पहिरनलाई स्टाइल दिने मोडल तथा नायिका क्षितिजा शाक्यको र्याम्पमा साथ हुनुले दशैं फेसन उत्सवले थप रौनकता पाएको थियो।

dashain-fashion-utsav-8

दशैंको अवसरमा दशैंकै सिक्वेलमा दशैंमय बनाउन दशैंका स्टाइलमा विभिन्न मोडलहरुले क्याटवाक गरेका थिए। त्यसमा तीसको दशकको अत्यन्त चर्चित चलचित्र सिन्दूरवाट नक्कली र अर्को चलचित्र जीवन रेखावाट विजुली उपनाम पाएकी हाँस्य–अभिनेत्री बसुन्धरा भुसालले क्याटवाक गर्दा तरुनी जोशमा दर्शकहरुलाई दशैंको भाकामा पूजाआजा गर्दै फूलअक्षेता छरेकी थिइन्। साथमा चैत्यदेवी र क्षितिजाले उनलाई सघाएकी थिइन्।

dashain-fashion-utsav-9चलचित्र सिन्दूरकी नक्कलीकै स्टाइलमा क्याटवाक गर्दा दर्शकहरुलाई कमेडियन पारामा आँखा सन्काउन पनि भ्याएकी थिइन्। अर्कोतर्फ नेपाली मोडलिङ्ग क्षेत्रमा अढाई दशक देखि निरन्तर लाग्दैआएकी चर्चित मोडल कला सुव्वा तथा नायिका अशिष्मा नकर्मीको क्याटवाकलाई पनि सवैले रुचाएका थिए।

dashain-fashion-utsav-5कुन्ती मोक्तानको गीत गायनवाट शुरु भएको दशैं उत्सव फेसन शोमा आयोजक मोहना क्षेत्री खनालले पनि अपत्यारिलो तरीकाले राम्रो गीत गाएकी थिइन्। मोहनालाई लाखे व्याण्डका नवरस श्रेष्ठले साथ दिएका थिए।

dashain-fashion-utsav-3 dashain-fashion-utsav-2कोरियोग्राफर प्रतिमा श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न दशैं उत्सव फेसन शोमा विभिन्न बुटिकका डिजाइन तथा पहिरनको शो गरिएको थियो। लाखे व्याण्डको प्रस्तुतिको साथमा सपन श्रेष्ठ, सिर्जना गुरुङ्ग, विपासना खनाल लगायतका सेलिबे्रटीहरुले आ–आफ्ना विभिन्न प्रस्तुति दिएर उत्सवलाई महाउत्सव बनाएका थिए।

dashain-fashion-utsav-1तस्वीर–सुनिता कायस्थ

प्रकाशन मिति–२०७३ साल असोज १५ गते शनिवार ।