meat-items-1काठमाडौ । नेपाली मात्रको महान पर्व दशैंमा विशेष गरेर खानेकुरामा मासु नै बढी खाने गरिन्छ। मासुको मात्रा धेरै प्रयोग हुने भएकोले यस पर्वमा मासुजन्य तथा दूग्धजन्य पदार्थहरुलाई भान्सामा सुरक्षित राखिनु अत्यन्त जरुरी छ।

दशैमा ४-५ दिनलाई पुग्ने मासुको बन्दोवस्त एकै पटक गर्ने हुनाले पनि भान्साको सरसफाई विशेष ध्यान दिनु पर्दछ। भान्सामा झिंगा, सांङ्ला, छुचुन्द्रा, मुसा तथा अन्य किराहरुको उपस्थिति हुन हुँदैन। यस्ता किराहरु किटाणु ओसार पसार गर्ने स्रोत बन्दछन्। र खानालाई छिटै विगार्ने गर्दछ । त्यसैले भान्साको सतह सफा चिल्लो, प्रयोग गरिने औजारहरु साबुन पानीले धोइएको हुन पर्दछ।

meat-items-4

कांचो तथा पकाइएको खाना अलग–अलग राख्नु पर्दछ । काँचो खानाले तयारी खाना विग्रन नदिन फ्रिजमा राख्दा माथिपट्टिबाट वा काँचो खाना सकभर अलग्गै त्यो सम्भव नभए तल्लो सतहमा राख्नु पर्दछ । ८-१० घण्टा भन्दा बढी समय सामान्य तापक्रममा राख्नु पर्ने मासुजन्य परिकारमा बढी मसला प्रयोग नगरी पानी नराखी हल्का नून छर्केर तेलमा भुटेर केहीहदसम्म खानाको लागि प्रयोग गर्न सकिन्छ।

meat-items-3

दशैको समयमा एकै पटकमा वा ३-४ दिनको समयमा धेरै दूग्धजन्य, मासुजन्य पदार्थ उपभोग गरिने हुनाले कम चिल्लोयुक्त, बोसो रहित खाद्य तयार गर्न आवश्यक छ।

अझ मांसाहारीले छाला फ्याकेर, उसिनेर, बोसो निकालेर नून कम राखी सेवन गरेमा शरीरलाई हानी गर्दैन। मासु, सेल रोटी, चिउरा लगायतका बढी बोसो युक्त चिल्लो र कडा प्रकारका खानाको मिश्रण शरीरलाई पाँच्य हुँदैन । चाडपर्वको समयमा खाना नजानेर धरै व्यक्तिहरु बिरामी भई अस्पतालमा भर्ना हुने गर्दछन् । जसले गर्दा बिरामी आफूले त दुःख पाउँछन् अनि पूरा परिवारमा पनि पर्वको बेला खल्लो महशुश हुने गर्दछ।

हड्डी सुपको मज्जा
हड्डीलाई पकाएर छानेर सुपको रुपमा खान सकिन्छ । जसमा घरायसी मसला वा जीरा, धनिया, अदुवा, प्याज, मरिच थोरै थोरै मात्रामा प्रयोग गर्न सकिन्छ । स्वादको नाममा बजारमा कृतिम स्वाद दिने कुनै पनि मसलाको प्रयोग नगर्दा राम्रो हुन्छ । फल मासुलाई पोलेर सेकाएर वा सिधै कांचै खाइने प्रचलन पनि बढी छ । जुन सबै गलत हो। यस कार्यले स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ। भुलेर पनि यस्तो कार्य गर्नु हुँदैन । सकभर उम्लिएको पानीमा हल्का बेसार र नून हालेर दश मिनेट उमाल्ने अनि हल्का कागतीको रस र जीराको धुलोमा खान सकिन्छ।

meat-items-5

मासुको करी मासुको तरकारी वा करी बनाउदा कसैको देखासिकी नगरी शुद्ध घरेलु मसला प्रयोग गरी प्राकृतिक स्वादमा पकाउनु वेस हुन्छ। अझ दशैैको विशेष चार दिनमा चारै थरीका फरक मासुजन्य परिकार खान सकिन्छ। जसमा एकदिन माछा, अर्को दिन कुखुरा, हाँस अनि खसी–बोका, रांगा–कुखुरा, बंगुर–सुंगुर आदिका मासुलाई इच्छा अनुसारको परिकार बनाएर खान सकिन्छ।

meat-items-2

सलादको प्रयोग
महत्वपुर्ण कुरा के छ भने चाडपर्वमा खाइने खानाहरु उच्च–प्रोटिन र कार्वोहाइडेड युक्त हुन्छन् जसले पेटमा कब्जियत गराई शरीरमा भारीपन ल्याउँछ । यसलाई सामान्यिकरण गर्नलाई सलाद तथा फलफूल खानु पर्दछ । सलादमा सफा गरिएको काँचो गाँजर, मुला्–बन्दा, सलादपत्ता, काँक्रोको बढी प्रयोग गर्नु पर्दछ । फलफूलमा मेवा, अम्बा, स्याउको आदिको उच्च महत्व छ । यसको प्रयोगले पेटलाई सफा गरेर शरीरलाई चुस्त राख्ने कार्य गर्दछ । जसबाट हाम्रो शरीर पनि स्वच्छ रहन्छ । दशैं पर्व मनाउनुको मज्जा पनि बेग्लै हुनेछ ।
प्रकाशन मिति–२०७३ साल असोज २३ गते आइतवार । बडादशैंको महाअष्टमी।