Prachanda Rajinama

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयबाट देशवासीलाई सम्बोधन गर्दै दाहालले राजनीतिमा मर्दै गएको इमानलाई जगाउन नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्दै दाहालले दल र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रैपटक च्यातिएका थुप्रै उदाहरण रहेको भन्दै सत्तासाझेदारीका हकमा त अहिलेसम्म कुनैपनि समझदारी पालना नभएको तर आफूले नयाँ संस्कार बसाउन पनि राजीनामा दिएको प्रस्ट गरे।

दश महिनाअगाडि नेपाली कांग्रेससँग भएको सहमतिअनुसार दाहाल प्रधानमन्त्री बनेका थिए।

Prachanda Rajinama.1
प्रकाशन मिति–२०७४ साल जेष्ठ १० गते बुधवार ।