काठमाडौं। दाँत अनुहार तथा शरीरको अत्यन्त सुन्दर अंग हो। मुसुक्क हाँस्दा मज्जाले मिलेका सेता दाँत देखिएमा अनुहारको सुन्दरतामा नै तीन चाँद थपिने गर्दछ। अझ हाम्रो शरीरको पाचन प्रणालीमा दाँतको ठूलो भूमिका हुन्छ।

राम्रोसँग चपाएर खाए मात्र खाना पचाउन सकिन्छ । त्यसका लागि चपाउने दाँत स्वस्थ र बलियो बनाउनु जरुरी हुन्छ। घरीघरी खाने तर मुख कुल्ला नगर्ने तथा दाँत नमाझ्नेहरूको दाँत बढी किराले खाने चिकित्सकहरुले बताउने गरेका छन्। दाँत किराले खानबाट बचाउने महत्वपूर्ण हेल्थ टिप्स यस प्रकार रहेको छ।
– सूर्तिजन्य पदार्थ नखाने
– कुनै पनि चिज खाएपछि मुख कुल्ला गर्न नबिर्सने
– दाँत सही तरिकाले माझ्ने
– दाँत माझ्दा नरम बुसको प्रयोग गर्ने
– खाना खाएपछि अनिवार्य रूपमा बिहान–बेलुकी दुईपटक दाँत माझ्ने
– फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने
– चकलेट, कोकाकोला जस्ता चिज खाएपछि अनिवार्य मुख कुल्ला गर्ने अथवा दाँत माझ्ने
– गर्भवतीले क्याल्सियमयुक्त खाना खाने

प्रकाशन मिति–२०७५ साल मंसीर ७ गते शुक्रबार ।