काठमाडौं। ख्यातिप्राप्त हाँस्य कलाकार किरण केसी तथा चलचित्र दालभात तरकारीको आयोजनामा होली विशेष कार्यक्रम भएको छ। काठमाडौंको नयाँ बानेश्वरमा चलचित्र दालभात तरकारीको आयोजनामा होली विशेष कार्यक्रम भएको हो।

जसमा महका ह अर्थात ख्यातिप्राप्त हाँस्य अभिनेता हरिवंश आचार्यको विशेष आकर्षण रह्यो। कलाकारहरु एक आपसमा होलीको सदभावको रंग छर्दै शुभकामना आदान–प्रदान गर्दै होली मनाउने कार्य भएको थियो।

अझ अंग्रेजीमा समेत दोहोरी गीत गाउने बेग्लै क्षमता बोकेकी लोकदोहरी गायिका सरु थापाको होली दोहरी गायनले माहोललाई अत्यन्त रोचक बनाएको थियो। महका कलाकार नरेन्द्र कंसाकार देखि मोहितबंश आचार्य तथा चलचित्र वितरक गोपाल कायस्थ, फोटोग्राफर च्याङ्बा लामा लगायत सयौं कलाकारहरुको व्यापक सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७५ साल चैत्र ६ गते बुधवार ।