काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकालमा मारिएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफूले लिने भनेका छन्। बाँकी १२ हजारको जिम्मा तत्कालिन शासकले लिनुपर्ने अध्यक्ष दाहालको जिकिर रहेको छ।

माघीको अवसरमा बुधवार काठमाडौंको टुँडिखेलमा थारु समुदायको माघी महोत्सवलाई सम्बोधन गर्दै दाहालले आफूमाथि बारम्बार १७ हजारको हत्या गरेको आरोप लाग्ने गरेको भन्दै गुनासो गरे।

दाहालले टीकापुर घटनाको मूख्य दोषीको रुपमा जेलमा रहेका रेशम चौधरी छिट्टै छुट्ने दावी गर्दै चौधरीलाई छुटाएरै छाड्ने पनि बताए।

माघी महोत्सवमा विभिन्न साँस्कृतिक झाँकीहरुसहित परम्परागत पहिरन प्रस्तुत गरिएको थियो। थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।
प्रकाशन मिति–२०७६ साल माघ १ गते बुधवार ।