New Ministersकाठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेसका तर्फवाट सहभागी १३ जना मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवास महाराजगञ्जमा शुक्रबार विहान ९ बजे आयोजित सपथ ग्रहण समारोहमा १३ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी थिइन्। प्रधानमन्त्री दाहालको उपस्थितिमा भएको सपथ ग्रहण समारोह भएको थियो।

नेपाली कांग्रेसको तर्फबाट अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन्।

सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन्। गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्री बनेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ १० गते शुक्रबार ।