काठमाडौ। नव–नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने निर्णय गरेको छ।

त्यसैगरेर, बाढीपहिरो पीडितलाई पनि चाँडै राहत दिने, सशस्त्र द्वन्द्वका क्रममा मारिएका व्यक्तिका परिवार, द्वन्द्वपीडित र वेपत्ता व्यक्तिका परिवारलाई २/२ लाख रुपैया दिने भनी यसअघि भएको निर्णयलाई कार्यान्वयन गर्ने र बाढी पहिरोमा परी मरेका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ।

Prachanda Dahal ko packageप्रकाशन मिति–२०७३ साल साउन २० गते विहीवार ।