Bijay Gachhedar 2

काठमाडौ। नेपाली राजनीतिमा जस्तोसुकै बेलामा पानीजस्तो घुलमिल बन्न सक्ने नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छेदार देखिएका छन्। कतिले गच्छेदारलाई अवसरवादी चरित्रका नेता भनेपनि समय तथा मौकालाई छोप्न सक्ने चतुर राजनीतिज्ञका रुपमा लिइने गरेको छ। जसको नेतृत्वको सरकामा पनि मन्त्री बन्न नचुक्ने नेताको रुपमा गच्छेदार देखिएको छ।

Bijay Gachhedar 1यसक्रममा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पछिल्लो चरणमा भएतापनि गच्छेदार पुग्न सफल भएका छन्। आज सोमवार उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री पद तथा गोपनियताको सपथ लिएर विजयकुमार गच्छदारले यस कुरालाई चरितार्थ गरेर देखाएका छन्।

गच्छेदार सहित तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएकी छन्।

जितेन्द्र नारायण देवलाई नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमि सुधार मन्त्रालयको जिम्मेवारी गोपाल दहितलाई दिइएको छ। स्थानीय निर्वाचनको लगतै फेरिन लागेको सरकारमा गएर गच्छेदारले मन्त्री बन्ने नयाँ रेकर्ड कायम गर्न खोजेको हो कि भन्ने हल्ला हुन थालेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २५ गते सोमवार ।