पोखरा । मिडिया नेपालको केन्द्रिय कार्यसमितिको पूर्णकालिन बैठकले काठमाडौं उपत्यका संयोजकमा फोटोपत्रकार दिपेशराज थारुलाई चयन गरेको छ। लामो समयदेखि फोटोपत्रकारिता मार्फत सशक्त पत्रकारिता गर्दैआएका थारुले मिडिया नेपालको उपत्यका संयोजकको रुपमा अझ क्रियाशील बनेर कार्य गर्ने भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।

बैठकले प्रदेश नं ५ को तर्फबाट उपाध्यक्षमा श्रीधर सुबेदी, कर्णाली प्रदेशको तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी, केन्द्रीय सदस्यहरुमा रञ्जीत प्रसाई (झापा), विजय राउत (सुनसरी), सविता पोखरेल (गोरखा)लाई मनोनयन गरेको छ।

मिडिया नेपालको स्थापना दिवस आगामी चैत महिनामा प्रदेश नं ५ को नेपालगञ्जमा मनाउने तथा सो अवसरमै ५ नं प्रदेश समिति गठन एवं घोषणा सभा गर्ने र सो को लागि आवश्यक तयारी गर्न उपाध्यक्ष श्रीधर सुबेदीलाई, कर्णाली प्रदेश समिति गठन तथा घोषणा सभाको तयारी गर्न उपाध्यक्ष अंगत देवकोटालाई जिम्मेवारी दिने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ।

त्यसैगरेर, निरन्तर २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न मिडियो नेपालले माग गरेको छ। मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले श्रमजीवि पत्रकारहरुको लगनशिलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।
प्रकाशन मिति–२०७६ साल फागुन ४ गते आइतवार ।