काठमाडौ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलले स्थापनाको २४ बर्ष पार गरेर २५ बर्षको गौरबमय यात्रा तय गरेको छ।

काठमाडौको डिल्लीबजार कालिकास्थान स्थित दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलको गौरबमय रजत बर्षको समुदघाटन नेपालका पूर्व–उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका अत्यन्त प्रभावशाली बरिष्ठ नेता प्रकाशमान सिंहवाट भएको छ।

शुक्रबार आयोजित भव्य कार्यक्रममा पूर्व–उपप्रधानमन्त्री सिंहले गुणस्तरीय शिक्षा दिनमा दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलले पुर्याएको योगदानको खुलेर प्रशंशा गर्दै यस स्कुलले देश विकासमा योगदान दिने डाक्टर, इञ्जिनियर लगायतका कर्णधारहरु जन्माएको पाउंदा अत्यन्त खुशी लागेको बताए।

देशको विकासमा शिक्षाको क्षेत्रवाट दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलले अझ गुणस्तरीय शिक्षा प्रदान गरेर निरन्तर योगदान दिदै जाने कुरामा आफू विश्वस्त रहेको समेत पूर्व–उपप्रधानमन्त्री सिंहले बताएका छन्।

काठमाडौ महानगरपालिका वडा नंबर २९ का वडा अध्यक्ष कुश ढकालको समेत विशेष आतिथ्यता रहेको कार्यक्रमा दि स्पाङ्गल बोर्डिङ्ग हाईस्कुलका अध्यक्ष छत्रमणि कटुवालले २४ बर्षको गौरबमय यात्रा पार गरेर २५ बर्षको रजत यात्रामा पुग्दा स्कुलले धेरै चुनौति खेप्नु परेको सुनाए।

त्यो चुनौतिको सामना गर्दैअगाडि बढे्र यतिखेर गौरबमय रजत बर्षमा पुग्दा स्कुलले प्लस–टु पनि शुरु गर्न लागेको र त्यसको लागि विस्तृत अध्ययन तथा भौतिक पूर्वाधार तयार भैसकेको अध्यक्ष कटुवालले भने। दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलका प्रिन्सिपल धन सुव्वाले स्कुलको गौरबमय यात्रामा सहयोग र साथदिने अभिभावक, विद्यार्थी तथा शिक्षक–शिक्षिका सवै धन्यवादको पात्र भएको बताउंदै निरन्तर यसरी नै साथ पाउने अपेक्षा गरे।

अभिभावकको तर्फवाट श्याम स्मृतले शिक्षण पेशा विश्वकै अत्यन्त नोबल जब भएको कारण शिक्षण पेशा सवै पेशाभन्दा सर्वोत्कृष्ट पेशा भएको उल्लेख गर्दै दि स्पाङ्गल बोर्डिङ्ग हाईस्कुलले विद्यार्थीहरुको सर्वाङ्गिन विकासमा ठूलो टेवा दिएको बताए।

कार्यक्रममा दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलमा अध्ययन गरेर डाक्टर, इञ्जिनियर जस्ता विभिन्न पेशा आवद्ध पूर्व–विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। साथमा शिक्षा सेवी तथा नविन कला मन्दिरका संस्थापक निर्मल कुमार रिमाललाई विशेष सम्मान प्रदान गरिएको थियो।

गौरबमय रजत बर्ष तथा अभिभावक दिवसमा दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलका विद्यार्थीहरुले विविध रोचक तथा रमाइलो सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

Photo By-M/s Laxmi Kumari Shrestha
प्रकाशन मिति–२०७४ साल फागुन २५ गते शुक्रबार ।