Spangle Parents day 2

काठमाडौ। राष्ट्रिय स्तरका प्रतिभावान विद्यार्थी जन्माउन सफल काठमाडौको डिल्लीबजार कालिकास्थान स्थित दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलले आफ्नो स्थापनाको २३ औं बर्ष तथा अभिभावक दिवस मनाएको छ।

शनिवार आयोजित कार्यक्रममा नेपालका मानवअधिकारकर्मी कृष्ण पहाडीको प्रमुख आतिथ्यतामा दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलले स्थापनाको २३ औं बर्ष तथा अभिभावक दिवस मनायो।

कार्यक्रममा प्रमुख अतिथि मानवअधिकारकर्मी पहाडीले विद्यार्थीहरु नै देशको भविष्य तथा मेरुदण्ड भएकोले देशको कर्णधारहरु जन्माउने दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुल जस्ता स्कुलहरु सधै प्रशंशनीय हुने गर्दछ भनेका छन्।

कार्यक्रममा दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलका प्रिन्सिपल धन सुव्वाले अभिभावक, विद्यार्थी तथा शिक्षकहरुको अथक मेहनत तथा प्रयास अनि सहयोगले दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुल २३ औं बर्षको सफलतासम्म पुगेको बताए।

स्कुलको प्रगति तथा उन्नतिको लागि आफूहरुले अझ मेहनत गर्दैजाने प्रतिक्रिया स्कुल संचालक समितिका अध्यक्ष छत्रमणि कटुवालले दिएका छन्। कार्यक्रममा विद्यार्थीहरुले आफूभित्रका विविध प्रतिभा प्रदर्शन गरेका थिए।

Spangle Parents day 3प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।