काठमाडौं। बलिउडकी ख्यातिप्राप्त नायिका दीपिका पादुकोणको हालै नायक रणवीर सिं‌हसंग भएको हो। विवाह पश्चात अत्यन्त खुशी र सुखी देखिएका उनीहरुलाई माता–पिता कहिले बन्ने भन्ने प्रश्नले टाउको दुखाई भएको छ।

प्यारमा चुर्लुम्म डुविरहेको अवस्थामा विवाह कहिले गर्ने भनेर प्रश्न गर्नेहरु नै अव विवाह पश्चात बाउआमा कहिले बन्ने भनेर हैरान पार्न थालेको नायिका पादुकोणको भनाई छ। आफूहरु केही बर्ष करिअर ओरियन्टेट नै हुने भएकोले चाँडै बाउआमा बन्ने तयारी नभएको खुलासा पादुकोणले गरेकी छन्।

पादुकोणको यस्तो भनाई रहेको छ–‘हाम्रो समाज नै यस्तै छ, बिहे नहुनजेल कहिले बिहे गर्ने भनेर सोधिरहन्छन् । अनि बिहे भएपछि बच्चा । हामीले अहिले नै बच्चाको विषयमा सोचेका छौनौँ। अहिले हामी करिअरमा बढी फोकस छौं । समय आएपछि बच्चाको विषयमा पनि सोच्ने छौँ ।’

दीपिकाले आफू र रणवीर दुबैलाई बच्चा निकै मन पर्नेसमेत बताएकी छिन्। उनले थपेकी छिन्, ’हामी दुबै जनालाई बच्चा निकै मन पर्छ । त्यसैले पनि बच्चा नपाउने भन्ने कुरै छैन। तर, समय भने लाग्छ।’


(भारतीय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असोज २६ गते आइतवार ।