काठमाडौं। नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ।


आयल निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९७ रुपैयाँ पुगेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरशेनले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको हो।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने बताइएको छ।
प्रकाशन मिति–२०७५ साल माघ १९ गते शनिवार ।