काठमाडौं। नेपालमा स्थानीय निर्वाचन संपन्न भएको लगतै नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ।

आयल निगमको संचालक समितिको बैठकले आज शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ। मूल्य समायोजनपश्चात पनि पाक्षिक ४ अर्ब २५ करोड रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ।

प्रकाशन मिति–२०७९ साल बैशाख ३१ गते शनिवार ।