काठमाडौं। स्थानीय निर्वाचनमा सर्वाधिक चासोको विषय रहेको काठमाडौं महानगरपालिका वडा नंबर १ मा नेकपा एमालेले पहिलो खाता खोलेको छ। सूर्य ध्वजावाहक नेकपा एमालेवाट वडा अध्यक्षका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भएपछि काठमाडौं महानगरपालिकाले नेकपा एमालेले पहिलो खाता खोलेको हो ।

अघिल्लो स्थानीय निर्वाचनमा पनि वडा नंबर १ वाट विजयी श्रेष्ठ काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरु मध्ये ज्येष्ठ नागरिक वडा अध्यक्ष हुन्। उमेरले ७६ बर्ष पुगिसकेको पूर्व नेपाल आर्मी समेत रहेका अध्यक्ष श्रेष्ठ निक्कै फुर्तिला तथा आँटिला वडा अध्यक्षका रुपमा १ नंबर वडावासीहरुले महशुश गर्दैआएका छन्।

स्थानीय वडावासीका समस्यालाई सहज ढंगवाट समाधान गर्ने वडा अध्यक्षको रुपमा मानिएका वडा अध्यक्ष श्रेष्ठ मेयर विद्यासुन्दर शाक्य उपमेयर सहित दुईपल्ट विदेश भ्रमण गएको बेला काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर बनेर कार्य गरिसकेको अनुभव पनि नव निर्वाचित वडा अध्यक्ष श्रेष्ठमा रहेको छ।

नव निर्वाचित वडा अध्यक्ष श्रेष्ठले ६२२ मत ल्याई बिजयी हासिल गरेका हुन । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत पाएका छन्। महिला सदस्यमा नेकपा एमालेका रसला तन्डुकारले ७२५ मत ल्याई विजयी हासिल गरेकी छन्।

अन्य वाँकी तीन वडा सदस्यमा भने, नेपाली कांग्रेसका उम्मेदवारहरुले जित हासिल गरेका छन्। दलित सदस्यमा नेपाली कांग्रेसकी मिना सुनारले ७५५ प्राप्त गरी जित हासिल गरेकी हुन्। खुला वडा सदस्यहरुमा नेपाली कांग्रेसका रोशन श्रेष्ठले ६८१ र शुुभरत्न खड्गीले ६६२ मत ल्याएर बिजयी भएका छन्।

प्रकाशन मिति–२०७९ साल जेठ १ गते आइतवार ।