Mr.Jeeban Ram Shrestha

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ८ मा अत्यन्त रोचक भिडन्त तथा टफ कम्पिटिसन भैरहेकोमा नेकपा एमालेका जीवनराम श्रेष्ठले यसपल्ट बाजी मारेका छन्। दुईपल्ट संसदको चुनावमा हार बेहोरेका जीवनरामको जित काठमाडौ क्षेत्र नंबर ८ का स्थानीय जनताको शान बनेका छन्।

श्रेष्ठका निकत्तम प्रतिव्दन्दी नेपाली कांग्रेसका कहिलेपनि पराजय नव्यहोरेका हेभिवेट नेता नविन्द्रराज जोशीको हार भएको छ। विजयी जीवनराम श्रेष्ठले १३ हजार ३ सय ९७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत ल्याए। धेरै मतान्तर नभएतापनि जीवनराम श्रेष्ठ र नविन्द्रराज जोशी वीचको टफ कम्पिटिसनले काठमाडौ क्षेत्र नंबर ८ का स्थानीय जनतामाझ हानथाप नै भैरहेको थियो।

Mr.Nabindra Raj Joshi

त्यो हानथापलाई चिर्दै जीवनराम श्रेष्ठको जित भएको छ। जित्ने तथा हार्ने दुवै नेता काठमाडौ क्षेत्र नंबर ८ का अत्यन्त लोकप्रिय नेता हुन्। जो जितेपनि काठमाडौ क्षेत्र नंबर ८ का स्थानीय जनता स्वीकार्ने पक्षमा रहेको अवस्थामा जीवनरामको जितले काठमाडौ क्षेत्र नंबर ९ मा अत्यन्त रौनकता बढाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २३ गते शनिवार ।