काठमाडौं। नेपालभाषा चलचित्रका सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ अभिनित म्युजिक भिडियो एक पछि अर्को आउने क्रममा विलकुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। भ्वासी जुया बोलको सुपरस्टार श्रेष्ठ अभिनित पछिल्लो नयाँ गीतको भिडियो रिलिज भएको हो।

नवोदित गायिका सुमन श्रेष्ठ मुनाको गायन रहेको भ्वासी जुया बोलको गीतमा सुपरस्टार हिरो श्रेष्ठका साथ नवोदित नायिका मुस्कान राजभण्डारीको मायाबी अभिनय रहेको छ। चन्देश्वर महर्जनको रचना रहेको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ। नेपालभाषा चलचित्रका लोकप्रिय निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोका छायाँकार रकि महर्जन र सम्पादन बालकृष्ण वंशीको रहेको छ।

वितेको वर्ष दुईपटक नेपाली तथा नेपालभाषाका म्युजिक भिडियोहरुमा ननस्टप अभिनय गरेर ह्याट्रिक गरेका सुपरस्टार हिरो श्रेष्ठको यो नयाँ बर्ष २०७८ सालको पहिलो भिडियो हो। नेपाली र नेपालभाषा दुवै क्षेत्रमा ननस्टप लाग्ने बुलन्द योजनामा रहेका सुपरस्टार हिरो श्रेष्ठ कलाकारको कुनै जात, धर्म तथा संस्कृति नहुने र कलाकारको जात केवल कलाकार मात्र हुने भएकोले सवै जाति, धर्म तथा संस्कृतिका चलचित्र तथा भिडियोहरुमा अभिनय गर्न पछि नपर्ने वताउंछन्।

सवै जातजातिका चलचित्रलाई पहिला देखि सम्मान छ र पछिसम्म पनि हुने प्रतिबद्धता पनि श्रेष्ठको रहेको छ।

प्रकाशन मिति–२०७८ साल बैशाख १८ गते शनिवार ।