ललितपुर । नेपालको अपाङ्गता आन्दोलन तथा अपाङ्गता अधिकारका लागि अनवरत लागिरहेका दुई अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ र कृष्ण गौतम सम्मानित भएका छन्।

ललितपुर महानगरपालिकाका बाजिगर मेयर चिरीबाबु महर्जनव्दारा दुई अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ र कृष्ण गौतम सम्मानित भएका हुन्। अपाङ्गता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय समुदाय डाइभरसिटीव्दारा आयोजित विश्वभरका २९६ प्रतिस्पर्धी मध्येवाट टप ३० मा परेर अन्तरराष्ट्रिय सम्मान प्राप्त गरेको खुशीयालीमा बाजिगर मेयर महर्जनले श्रेष्ठ तथा गौतमलाई महानगरको तर्फवाट विशेष सम्मान प्रदान गरेको हो।

सम्मान मेयर महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरको मुख्यालय सानेपा नै पुगेर मेयरको तर्फवाट श्रेष्ठ र गौतमलाई हस्तान्तरण गरेका हुन्। संभवत अपाङ्गताको क्षेत्रमा विश्वमा उत्कृष्ट योगदान दिने अपाङ्गता क्षेत्रका कर्मठ अपाङ्गता भएकाहरुलाई प्रदान गरिने विश्वकै सर्वोत्कृष्ट सम्मान पाउने पहिलो नेपालीमा श्रेष्ठ र गौतम नै हुनुपर्दछ।


प्रकाशन मिति–२०७८ साल साउन २५ गते सोमवार ।