Prem Sagar News 2काठमाडौ। नेपाल निर्माण सामग्री ब्यापार संघ(बागमती–मनोहरा)
काठमाडौद्वारा काठमाडौ महानगरपालिकाका उप–मेयर हरिप्रभा श्रेष्ठ खड्गी र कागेश्वरी नगरपालिकाका उप–मेयर बिन्दु सिम्खडाको संयुक्त विशेष अतिथ्यतामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ।

काठमाडौमा आयोजित रक्तदान कार्यक्रममा सम्मान तथा दशैं,तिहार,नेपाल संवत् ११३८ नयाँ बर्ष र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम पनि संयुक्त रुपमा गरिएको छ। उक्त बिशेष कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई बिशेष बृहत सम्मान प्रदान गरिएको छ।

Prem Sagar News 1

नेपाल चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष राजेन्द्र मल्ल,नेपाल निर्माण ब्यबसायी संघका संस्थापक अध्यक्ष बिनोदकेशरी, उपाध्यक्ष नेपाल मार्बल व्यापार संघका अध्यक्ष लक्ष्मी संग्रौला,करदाता सेवा कार्यालय प्रमुख बिश्वबन्धु पौडेल,चलचित्र निर्देशक तथा २१औं फष्ट गुप प्रपर्टी डिलरका अध्यक्ष राज केसी,नेपाल निर्माण सामाग्री ब्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजाल लगायतका अतिथिहरू रहेको सो कार्यक्रमको संचालन बद्री खनालले गरेका थिए। टंक नेपालको सभापतित्वमा कार्यक्रम भएको थियो।
प्रकाशन मिति–२०७४ साल असोज ७ गते शनिवार