काठमाडौं। नेपाली लोकदोहरीका दुई चर्चित गायिका सुनिता दुलाल तथा सुनित सुनितामी परियार वीच मितिनी साइनो गाँसिएको छ।

दुवै गायिकाले शुक्रवार काठमाडौंको बसुन्धरा कबु भवनमा रहेको डालो रेष्टुरेन्ट उदघाटन समारोहमा मितिनी संवन्ध गाँसिएका हुन्। लोक दोहरीका कलाकारहरुको बाक्लो उपस्थितिमा विश्वप्रसिद्ध नेपाली फोटोग्राफर च्याङ्बा लामालाई साक्षी राखेर दुवै गायिकाले मितिनी साइनो कायम गरेका थिए।

दुई दशकदेखि नेपाली समसामयिक लोकदोहरी गायनमा निरन्तर सक्रिय रहदै आएकी गायिका सुनिता दुलाल र सुनित सुनितामी परियार वीचको मितेरी साइनोले लोकदोहरी गायनमा थप अग्रता मिल्ने उपस्थित सवैले विश्वास व्यक्त गरेका छन्।

दुवै गायिकाहरुले पनि मितेरी साइनोलाई अझ प्रगाढ बनाएर लाने प्रण पनि गरेका छन्।


प्रकाशन मिति–२०७५ साल चैत्र ९ गते शनिवार ।