काठमाडौ। नेपालको संघीय संविधान अनुसार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन्। गत फागुन ३ गते माओवादी केन्द्रको मात्र समर्थनमा प्रधानमन्त्री बनेका ओलीले चौबिस दिनपछि भने संसदमा दुई तिहाईभन्दा बढी मत आफ्नो पक्षमा पारेका छन्।

नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा बढी शक्तिशाली प्रधानमन्त्री बनेका छन् । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र १ जना स्वतन्त्र सांसदको मत गरेर दुईतिहाई भन्दाबढी सांसदको समर्थन प्राप्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले संसदमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र डा.बाबुराम भट्टराईको नयाँशक्ति पार्टीको विश्वासको मत प्राप्त गर्न सकेन। नेपाल कांग्रेस र नेपाल मजदुर किसान पार्टीले ओलीको विपक्षमा मतदान गरेका थिएभने, एक मात्र सिट रहेको नयाँशक्ति पार्टीका डा.बाबुराम भट्टराई मतदानमा अनुपस्थित रहेका थिए। ओलीको पक्षमा २०८ मत परेको छ भने विपक्षमा ६० मत मात्र परेको छ ।

प्रकाशन मिति–२०७४ साल फागुन २७ गते आइतवार ।