काठमाडौं। दुई दशक लामो सांगीतिक यात्राको त्यो इतिहास । कसैले गायक भनेर नपत्याएको त्यो क्षण ! अझ घर–परिवार तथा जीवन संगीनीले समेत गायक भनेर विश्वास नगरेको त्यो पलवाट गुज्रेर नेपाली आधुनिक संगीत आकाशमा लामै फड्को मार्न सफल गायक रामकृष्ण श्रेष्ठको पछिल्लो नयाँ गीत ‘बनारसी पान’ सार्वजनिक भएको छ।

त्यो पनि गायक हो भनेर नपत्याएका आमा–बुवा, श्रीमती तथा बालबच्चा परिवार अनि मान्यवरहरुका साथमा ‘बनारसी पान’ बोलको गीतको भिडियो गायक रामकृष्ण श्रेष्ठले बरिष्ठ गीतकार डा.कृष्णहरि बराल तथा बुनियाद गीतकार डीपी दाहाल परिश्रमीलाई साक्षी राखेर सार्वजनिक गर्दा सवैको छाति गर्बले फुलेको थियो। बेग्लै सांगीतिक माहोलमा विमोचन भएको ‘बनारसी पान’ पान जस्तै मिठो बनेको त्यो पललाई सवैले आत्मसात गरेको पाइएको छ।

विपदका देउता उपनाम समेत पाएका गायक रामकृष्ण श्रेष्ठले यसअघि दर्जनौ दर्जन गीत सांगीतिक बजारमा सार्वजनिक गरिसकेका छन्। पछिल्लो यस गीत ‘बनारसी पान’मा गायक श्रेष्ठलाई गायिका एलिना चौहानले युगल गायनमा साथ दिएका छन्। केशव अधिकारीको शव्द एवं संगीत तथा कृष्ण केसीको एरेन्जमा तयार भएको गीतको उक्त भिडियोमा सुनिता श्रेष्ठ, कमल सिंह लगायतकाको बेजोड अभिनय रहेको थियो।

सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोको सम्पादन तथा छायांकन पवन सुुसलिगंले गरेका हुन्। चितवनको सौराहा लगायतका रमणिय स्थानहरुमा भिडियोको छायाँकन भएको गायक श्रेष्ठले वताएका छन्।

प्रकाशन मिति–२०७८ साल चैत १३ गते आइतवार ।