काठमाडौ। नेपाली चलचित्रका अत्यन्त प्रतिभाशाली कलाकार जुंगे भट्टराईको अधिकांश दिनहरु विभिन्न चलचित्रका सामग्रीहरु तयार गर्नमा नै व्यतित भैरहेको छ। चलचित्रमा अभिनय गर्ने कलाकारका श्रीपेज, मुकुट देखि उनीहरुका मुहारचित्र लगायत मूर्ति समेत बनाउने कार्यमा कलाकार भट्टराई व्यस्त बन्ने गरेका छन्।

Junge Bhattarai 9विगत ४५ बर्षदेखि नेपाली चलचित्र उद्योगको श्रीबृद्धिको लागि निरन्तर लागिपरेका ६० बर्षिय यी कलाकार हाल अभिनयमा भन्दा आफ्नो हातमा भएको तिक्ष्ण कलालाई तिखार्ने कार्यमा लागेका छन्। काठमाडौको डल्लु लिंकरोडमा रहेको कलाकार भट्टराईको कोठामा मंगलवार भिजन संसार पुग्दा भट्टराई चर्चित नायक निखिल उप्रेतीको तस्वीर अगाडि राखेर नायक उप्रेतीको मूर्ति बनाउन व्यस्त देखिएका थिए।

Junge Bhattarai 8झण्डै झण्डै नायक उप्रेतीको अनुहारलाई मूर्तिमा ढांल्ने कोशिशमा लागेका भट्टराईले दुई दिनभित्र त्यसलाई जीवन्त बनाउने बताएका छन्। अर्कोतर्फ मयुर डान्सका लागि मयुर बनाउने कार्य पनि उनले गरिरहेको पाइयो। माकुरोको जाँलो लगायतका विविध सामग्री बनाउने थान्को त्यहाँ यतत्र देखिएका थिए।

Junge Bhattarai 2दुई वटा साधारण कोठामा एकमा भान्छा र अर्कोमा भट्टराईले चलचित्रका सामान बनाउने कोठामा तीन छोरा र एक छोरी सहित रोगी पत्नी तथा उनी गरेर ६ जनाको परिवार सुत्ने गर्छन्। यसरी बस्नु आफ्नो बाँध्यता भएको भट्टराईले बताएका छन्।

Junge Bhattarai 3चलचित्र विकास बोर्डले कलाकारवृति भनेर प्रति महिना नगद ५ हजार भट्टराईलाई दिने गरेकोमा दुई बर्षयता त्यो रकम बोर्डले दिन छाडेको छ। नगद ५ हजारले केही राहत प्राप्त भएतापनि पछि बोर्डले दिन छाडेपछि समस्या भएको भट्टराई सुनाउंछन्।

Junge Bhattarai 4

कलाकारिता वाहेक आफ्नो अरु पेशा नभएकोले बूढेशकालमा कलाकारवृति दिएर विकास वोर्डले आफूलाई कलाकार पेन्सन नै दिएको भनेर राहत मानेको व्यर्थ भएको र बेकारमा तनाव मात्र भयो भनेर भट्टराई गुनासो गर्छन्।अर्कोतर्फ पहिला जस्तो चलचित्रका ड्रेसमेन बनेर काम गर्ने जमाना गएको र त्यसरी काम गर्दापनि पैसा लिन तारेख धाएको धायै गर्नुपर्ने भएकोले अभिनय र चलचित्रको सामान बनाउनमा नै व्यस्त बनेको भट्टराई भन्छन्।

Junge Bhattarai 6जति कमाएपनि रोगी पत्नीको उपचार तथा छोरा–छोरीको पढाई र कोठा भाडा तिर्दैमा सकिने यथार्थता पनि भट्टराईले बताएका छन्। नेपालको सुदुरपश्चिम बैतडीका भट्टराई त्यहाँको पहिलो देउडा गायक पनि हुन्। सुदुरपश्चिमेली भाकामा राम्रो देउडा गाउने भट्टराईका जेठा छोरा कुवेर भट्टराईले बाउको विडो थाम्न गीत गायनतिर लागेका छन्। कान्छो छोरो लोकेन्द्र भट्टराई भरत नाट्यममा निक्कै सिपालु बनेका छन्। छोरी उत्तरालाई पनि गायन नै मन पर्छ।

Junge Bhattarai 1

तर, उनीहरुलाई बाउले जस्तो चलचित्रका कलात्मक सामान बनाउनतिर खासै रुचि छैन्। लामो न लामो जुंगा भएको जुंगे भट्टराई भनेर नाम कमाउन सफल प्रसिद्ध कलाकारका छोराछोरी भनेर आफूहरु चिनिन पाउंदा भने अत्यन्त खुशी लागेको बताएका छन्।
तस्वीर–सुनिता कायस्थ/भिजन संसार
प्रकाशन मिति–२०७३ साल भदौ १४ गते मंगलवार ।