काठमाडौं। तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ ।

Photo by-Kantipur Daily

महिनावारी भएपछि महिनैपिच्छे अधिकांश छात्राले नियमित पढाइ छाड्ने तथा ३–४ दिनसम्म छात्रा क्याम्पस नआउने गरेकाले विभिन्न संघसंस्थाको सहयोगमा सेनेटरी प्याडसहित आधुनिक भेन्डिङ मेसिन जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताएका छन्।

कान्तिपुर डेलीमा उल्लेख भएअनुसार, त्यस क्याम्पसमा २ हजार ३ सय हाराहारी विद्यार्थीमध्ये १ हजार ६ सयजति छात्रा छ। अधिकांशले महिनाबारीका समयमा ३–४ दिनसम्म पढाइ छुटाउने गरेका छन्। त्यसकारण यो अत्याधुनिक मेशिन जडान गरिएको छ। जसमा दुई रुपैयाको क्वाइन राख्नासाथ प्याड मज्जाले एटीएममा पैसा निस्केजस्तै निस्कने गर्दछ।

जुन सहज र सरल भएकोले विद्यार्थीहरु माझ अत्यन्त लोकप्रिय बन्न थालेको कान्तिपुर डेलीले उल्लेख गरेको छ। क्याम्पसलाई लायन्स क्लब अफ काठमाडौंले स्वचालित तथा आधुनिक सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन उपलब्ध गराएको हो ।
प्रकाशन मिति–२०७६ साल बैशाख १७ गते मंगलवार ।