Kamala 4काठमाडौ। दुई हात र एक खुट्टा नभएपनि गायिका एवम् संचारकर्मी कमला श्रेष्ठको मन पटक्कै डगमगिएको छैन्। अझ केही गरेर देखाउने आँट र साहस अनि धैर्य कमलामा देखिएको छ। काठमाडौवाट प्रसारित हिमालय टेलिभिजनमा आइतवार र शुक्रवार दुई दिन समाचारबाचन गर्ने नियमित प्रकृया र यदाकदा गीत गाउने वाहेक प्राय दिनचर्या कमलाको घरमा नै वित्ने गरेको छ।

Kamala 2

कमलाको दुई हात र एक खुट्टा नभएको २१ बर्ष भैसकेको छ। १२ बर्षको उमेरमा दर्शैको बेलामा घरनजिकवाट गएको हाइटेन्सन लाइनमा अडकिएको चङ्गा भाइको लागि लिन जाँदा लाइनको करेन्टमा परेर कमलाले दुई हात र एक खुट्टा गुमाउनु परेको थियो। त्यो डरलाग्दो पीडा तथा कहालिलाग्दो जीवनलाई आत्मसाथ गर्दै आत्मबल बढाउंदै गायिका तथा संचारकर्मीसम्म हुनु चानचुने कुरा भने अवश्य पनि होइन।

 

त्यो कमलाभित्रको आँट तथा धैर्य नै हो। करेन्ट दूर्घटनामा पर्दा केवल चार कक्षा पढिरहेकी कमलाले घरमा नै स्वाध्ययन गरेकी छन्। राम्रो अंग्रेजी बोल्न तथा पढ्न सक्षम कमलाले घरैमा आम–सञ्चार र पत्रकारिताको तालिम लिएर रेडियो पत्रकारिता हुंदै टेलिभिजन पत्रकारितासम्मको यात्रा तय गरिसकेकी छन्। कमलो सपना नामक गीति–एल्वम निकालेर राम्रो स्वरकी धनी गायिकाको रुपमा कमलाले आफ्नो परिचय पनि बनाइसकेकी छन्।

Kamala 7

रक्तदान लगायतका गीतहरुमा पनि मीठो आवाज दिएर सवैको मनको गायिका बनेकी छन्। घरमा बस्दा पनि केही न केही कार्यमा व्यस्त बनिरहने कमलामा विचलन छैन्। दुई हात र एक खुट्टा नभएपनि मनभरि आँट र जोश भएको सुनाउंछिन्। आफू सुहाउंदो कुनै कार्य भएमा घरैमा बसेर या कार्यालयमा गएर भएपनि काम गर्न सक्ने आँट रहेको भन्छिन्।

Kamala 1दुई हात नभएपनि दुवै कुहिना जोडेर अक्षर लेख्ने प्राक्टिस गर्दागर्दै लेख्न जानेकी पनि छन्। बैकको खातामा आफैले हस्ताक्षर गर्ने कार्य कमलाले गर्दैआएकी छन्। हात नभएपनि कुहिना जोडेर लेख्ने कला देख्ने सवै चकित पर्ने गरेका छन्। फोन तथा मोवाइल र कम्प्युटर चलाउन समेत सक्षम कमला परिआएको खण्डमा एक खुट्टाको भरमा जस्तोसुकै काम गर्न सक्ने साहस आफूमा रहेको भन्न चुक्दिनन्।

Kamala 6

यिनै फरक क्षमताकी कमलाले गत बर्ष नेपाल सरकारले प्रदान गरेको युवा प्रतिभा पुरस्कार पाइसकेकी छन्। पुरस्कार तथा सम्मानहरुले थप कार्य गर्न अभिप्रेरित गर्ने गरेको प्रतिक्रिया दिने कार्य कमलावाट भएको छ।

कमलाको फरक क्षमतावाट कमलाको बुवा–आमा, दिदीबहिनी, भाइ र भाइबुहारी पनि निक्कै खुशी देखिएका छन्।

आफ्नो जिन्दगीको कहालिलाग्दो घटनालाई आत्मसात गरेर आफ्नो जिन्दगीको उपन्यास लेख्ने सोचमा रहेकी कमला त्यसलाई साकार पार्ने अठोटमा रहेकी छन्।
प्रकाशन मिति–२०७३ साल साउन ७ गते शुक्रबार ।