Kamala Shrestha samman 1काठमाडौ। आजभन्दा २० बर्षअघि दुई हात र एक खुट्टा गुमाएकी विलक्षण प्रतिभाकी धनी गायिका तथा सञ्चारकर्मी कमला श्रेष्ठको विशेष सम्मान भएको छ। काठमाडौ विजेश्वरी स्थित विजेश्वरी महिला जागरण समितिको दोश्रो साधारण सभा तथा तीज विशेष कार्यक्रममा आयोजित विशेष समारोहमा गायिका तथा सञ्चारकर्मी कमला श्रेष्ठ सम्मानित बनेकी हुन्।

Kamala Shrestha samman 5२० बर्षअघि नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको हजारौ भोल्टको विजुलीको करेन्टमा परेर शारीरिक रुपमा दुई हात र एक खुट्टा गुमाउंदा सम्मानित कमला श्रेष्ठ १२ बर्षको उमेरकी मात्र थिइन्। त्यतिबेला कक्षा ५ मा अध्ययनरत कमलालाई हाइटेन्सन लाइनमा अडकेका दशैंको चंगा लिन पुग्दा करेन्ट लागेको थियो। सोही करेन्टको कारण दुई हात र एक खुट्टा गुमाएतापनि मनभरिको चाहना तथा साहसलाई कहिले पनि मर्न नदिएकी आँटिली कमलाले गायन तथा सञ्चार क्षेत्रमा बेग्लै नाम र इमेज राख्न सफलता प्राप्त गरेकी छन्।

Kamala Shrestha samman 7कमलो सपना नामक गीति एल्वम निकालिसकेकी कमला क्यापिटल एफएम, मैत्री एफएम, रेडियो रियाज हुंदै हाल हिमालय टेलिभिजनमा समाचारबाचिकाका रुपमा कार्यरत रहेकी छन्। गायन तथा सञ्चार क्षेत्रमा अटुलनिय योगदान दिएको कदर स्वरुप विजेश्वरी महिला जागरण समितिले यो बर्षको विशेष सम्मान प्रदान गरिएको समितिकी केन्द्रिय सदस्य सुनिता कायस्थले आफ्नो स्वागत भाषणमा बताएकी थिइन्।

Kamala Shrestha samman 2कार्यक्रममा सम्मानित कमला श्रेष्ठले समाचार मन्तव्य सहित गीत गाएर सवैलाई मन्त्रमुग्ध बनाएकी थिइन्। काठमाडौ महानगरपालिका वडा नंवर १५ का सामाजिक परिचालक संयोजक तथा पूर्ववडा अध्यक्ष ईश्वरमान डंगोलले कमला श्रेष्ठ जस्तो विलक्षण प्रतिभाकी धनी व्यक्तित्वलाई सम्मानित गरेर विजेश्वरी महिला जागरण समितिले निक्कै सह्रानिय कार्य गरेको बताएका छन्।

Kamala Shrestha samman 3विजेश्वरी महिला जागरण समितिकी अध्यक्ष विमला थापाले कमला श्रेष्ठ जस्तो फरकधारकी प्रतिभालाई सम्मान गर्न पाउंदा संस्था अत्यन्त धन्य भएको भन्दै यसप्रकारका सम्मान कार्य प्रत्येक बर्ष गरिदै जाने प्रतिवद्धता व्यक्त गरेकी छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ४ गते शनिवार ।