Sexy Chorकाठमाडौ। चोर पनि क्या सेक्सी हुंदो रहेछ। कसैले पत्यार पनि नलाग्ने चोर पनि हुंदो रहेछ। अत्यन्त सुन्दरी तथा सेक्सी चोरको बारेमा हाल क्यानेडामा व्यापक चर्चा तथा परिचर्चा चल्ने गरेको छ। तिनै क्यानेडाली सेक्सी चोरको उपमा पाएकी २२ बर्षिया स्टेफेनी बेयूदोइन दुनियाँकै हालसम्मकी सेक्सी चोरको नामले चिनिने गरेको छ।

केही समयअघि मात्र यिनै सेक्सी चोरलाई क्यानेडाको अदालतले चोरीको अभियोगमा ९० दिनेको सजाय तोकेको थियो। अदालतले जेल सजाय तोकिएपनि यी सेक्सी चोर सोमवार देखि शुक्रबारसम्म बाहिर मस्तीको विन्दास जीवन बाँच्न पाउने तथा शनिवार र आइतवार दुईदिन जेलभित्र अनिवार्य बस्नुपर्ने नियम तोकिदिएको थियो । यसवाट अझ सेक्सी चोरको विन्दास लाइफ शुरु भएको मानिएको थियो।

यी सेक्सी चोरले ३९ वटा घरमा चोरी गरेको र अवैध रुपले हतियार राखेको लगायतका विभिन्न १ सय १४ वटा अभियोगमा उनलाई जेल सजाय सुनाएको हो। चोरीवाट मात्र उनले झण्डै पौने करोड जम्मा गरिसकेको प्रहरीको अनुसन्धानवाट खुलेको छ। चोरी गरिएका रकमवाट उनले विभिन्न खाले विलासिताका सामा खरिद गर्ने गरेको बुझिएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १५ गते शनिवार ।