काठमाडौं। दुबईमा भएको मास्टर एण्ड मिस ग्लोब इन्टरनेशनल कन्टेस्टमा दुई नेपाली बाल–बालिका विजेता बनेका छन्। गत ६ डिसेम्बर देखि १० डिसेम्बरसम्म दुबईमा आयोजित मास्टर एण्ड मिस ग्लोबमा बिराज चौहान मास्टर किङ ग्लोब इन्टरनेशनल र गर्दिस्मा मल्ल मिस क्वीन ग्लोब इन्टरनेशनल टाइटल अवार्ड जितेर नेपाल फर्केका छन्।

नेपाली बालबालिकाले  नेपालको इतिहास रच्दै इन्टरनेशनल कन्टेस्टमा टाइटल अवार्ड जितेर आएको संभवत यो पहिलो घटना नै हो। केही महिना अगाडि मात्र मनिङ ग्लोरी इन्टरटेन्टमेन्टका लागि मोहना क्षेत्रीव्दारा आयोजित क्वीक्स सुपर किड इन्टरनेशनल २०१८ का विजेता बिराज चौहान र गर्दिस्मा मल्ल दुवैले दुबईमा प्राप्त यो सफलताले आफूहरुलाई अत्यन्त हौसला मिलेका बताएका छन्।

दुबईमा बिराज चौहानले बरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले तयार पारेको ऐतिहासिक ड्रेस लाएर प्रस्तुत हुंदा बेस्ट ड्रेस अवार्ड पनि जितेका छन्। दुबईमा आयोजित मास्टर एण्ड मिस क्वीन ग्लोब इन्टरनेशनलका नेशनल डाइरेक्टर समेत रहेकी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्ट इभेन्ट म्यानेजमेन्टकी कार्यकारी प्रमुख मोहना क्षेत्रीको संयोजकत्वमा बिराज र गर्दिस्माले मास्टर एण्ड मिस क्वीन ग्लोबमा भाग लिएका हुन्।

कार्यकारी प्रमुख मोहना क्षेत्री विजेता बिराज र गर्दिस्मालाई लिएर नेपाल फर्केको लगतै भिजन संसार डटकमसंगको कुराकानीमा नेपालको लागि यो अत्यन्त ऐतिहासिक सफलता भएको र अव मर्निङ ग्लोरी मार्फत विश्वमा यस्तैप्रकारले नेपालको गौरबता बढाउने कार्य गर्दैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रकाशन मिति–२०७५ साल मंसिर २७ गते विहीवार ।