काठमाडौ। नेपाल सुन तस्करहरुको हब जस्तो बन्न थालेको छ। जति सुन भएपनि खपत हुने नेपालमा सुन तस्करहरुले सुनको व्यापार गर्ने गन्तव्यको रुपमा लिने गरेकोमा नेपाल प्रहरी अत्यन्त चनाखो बनेको फलस्वरुप विहीवार नेपालको अन्तरराष्ट्रिय विमानस्थलमा ३३ केजी सुनसहित तीनजना सुन तस्करहरुलाई पक्रन सफलता पाएको छ।

gold-in-nepal

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले एयर अरेबियाको बिमानमा दुबईवाट ल्याएको ३३ केजी सुनसहित विहीवार दिउंसो तीनजना पक्राउमा परेको हो।मोरङका दीनबन्धु थापा, बाँके नेपालगञ्जका गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्ले सुनसहित पक्राउ परेका हुन्। प्रहरीले विमानस्थलबाट ट्याक्सीमा सुनसहित बाहिरिएपछि पिछा गरेर पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरोले गौशला प्रहरी वृत्तका डिएसपी नवराज कार्कीको कार्याकक्षमा सुनसहितका सुटकेस खोलेर सार्वजनिक गरेको हो। प्रहरीले सुन कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ। प्रहरीले सुटकेस भित्र फलामाको भाँडोमा लुकाएको अवस्थामा २ सय ८२ थान सुनका विस्कुट, २० थान सुनका माला र १९ थान औँठी सार्वजनिक गरेको छ। बरामद भएको सुनको बजार मूल्य १५ करोड बढी भएको प्रहरीले बताएको छ।
प्रकाशन मिति–२०७३ साल पुस २१ गते विहीवार ।