काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ। मृतक सवै यात्रीको शव फेला परेवाट पुष्टि भएको हो।

दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो। यसैवीच, कान्तिपुर दैनिकको अनलाइन संस्करणका अनुसार, मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार यात्रुको शवलाई काठमाडौं ल्याइएको छ।

सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट १० वटा शव पोखरा हुँदै काठमाडौं ल्याइएको हो। अहिले ती शव अन्तर्राष्ट्रिय विमानस्थलबाट पोस्ट मार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ।

स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो। प्रतिकुल मौसमका कारण वाँकी १२ शव भने ल्याउन नसकेको जनाइएको छ।

प्रकाशन मिति–२०७९ साल जेठ १६ गते सोमवार ।