Vetran Song Writer & Musician Mr. Suk Gurung.
Vetran Song Writer & Musician Mr. Suk Gurung.काठमाडौ। छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले छेकेन कहिले मायाको धुइँरोले जस्ता सयौ हिट गीत लेखेका प्रसिद्ध गीतकार सुक गुरुङ्ग दुवै आँखा नदेख्ने पीडामा रहेका छन्।काठमाडौ। छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले छेकेन कहिले मायाको धुइँरोले जस्ता सयौ हिट गीत लेखेका प्रसिद्ध गीतकार सुक गुरुङ्ग दुवै आँखा नदेख्ने पीडामा रहेका छन्।

काठमाडौ। छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले छेकेन कहिले मायाको धुइँरोले जस्ता सयौ हिट गीत लेखेका प्रसिद्ध गीतकार सुक गुरुङ्ग दुवै आँखा नदेख्ने पीडामा रहेका छन्।

तिनै गीतकार तथा संगीतकार सुक गुरुङ्गको स्वास्थ्य उपचार खर्च जुटाइदिने कार्य एक समूहवाट भएको छ। स्वास्थ्य उपचारको निम्ति साधना संगीत नै जीवन नामक एक सामाजिक व्यक्तित्वहरुको समूहले नगद १ लाख ३६ हजार ६ सय ४५ रुपैया संकलन गरेर गीतकार संघ नेपाललाई हस्तान्तरण गरेको छ।

मंगलवार आयोजित एक समारोह वीच गीतकार संघका अध्यक्ष चुडामणि देवकोटालाई उक्त रकम हस्तान्तरण गरिएको हो।

Suk Gurung Help 1

हस्तान्तरित उक्त रकम दुवै आँखा नदेख्ने गंभीर पीडामा रहेका गीतकार तथा संगीतकार सुक गुरुङ्गको गृहनगर पोखरामा वितरण गर्नका लागि गीतकार संघ नेपालका पदाधिकारीहरु बुधवार विहानै पोखरा प्रस्थान गर्न लागेको जानकारी संघका उपाध्यक्ष गीतकार भरत बमजनले भिजन संसारलाई बताएका छन्।

उच्च मधुमेह अर्थात हाइ सुगर रोगको कारण आँखा नदेख्नुको गंभीर समस्यामा रहेका यी गीतकार तथा संगीतकार सुक गुरुङ्ग मर्नु न बाँच्नुको पीडामा यतिखेर पोखरामा रहेका छन्।

 प्रकाशन मिति–२०७४ साल असोज २४ गते मंगलवार ।