–सुनकुमार अवाल
काठमाडौं। रामेछापका रामवहादुर माझी काठमाडौं आएर पानी वोक्न थालेको पनि २० बर्ष भैसकेको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित दीपनगर निखिलेश्वर वरपर पानी वोक्ने काम गर्दैआएका रामवहादुर माझीलाई रामवहादुर माझी भनेर खासैले चिन्दैनन। पानी माइला भनेर सवैले चिन्ने गरेका छन्।

उनै पानी माइलाको केही बर्ष यतादेखि उच्च रक्तचाप तथा उच्च मधुमेह रोगका कारण दुवै किड्नी फेल भएको छ। मुटु रोगी पनि हुन। दुवै किड्नी फेल भएको कारण हप्तामा दुईपल्ट भक्तपुर अस्पताल पुगेर डायोलासिस गर्दैआएका छन्। किड्नी तथा मुटु दुवै रोगी भएको कारण पानी वोक्ने काम पनि लकडाउन शुरुभएदेखि गर्न छाडे्का छन्।

कोरोनाको संक्रमण हुने डरले पानी वोक्ने काम गर्न छाडेकोले पूर्णत बेरोजगार हुनु र अर्कोतिर श्रीमती पनि मुटुरोगको विरामी भएकोले दोहोरो मार पानी माइलालाई परेको छ। वडाले दिएको केही सरकारी राहतवाट जसोतसो जीवन निर्वाह भएतापनि उपचारको लागि खर्च नभएर रुनु न हाँस्नु भएको छ।

महिनामा डायालोसिस गर्न र औषधि खान मात्र नगद २५ हजार चाहिने भएकोले त्यति धेरै खर्च कसरी जुटाउने भनेर उनलाई पिरोलो भएको छ। लकडाउनले साह्रैे समस्या परेको छ। एकातिर काम नहुनु अर्कोतिर रोगले पेलेपछि हैरान बनेका पानी माइला जीवन देखि हैरान बनेका छन्।

भिजन संसार डटकमको भिडियो वार्तामा कसैले उपचार खर्च उपलव्ध गराएर आफ्नो जीवन बचाइदिन अनुरोध गरेका छन्। पानी माइलालाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले डाइरेक्ट पानी माइलालाई नै मोवाइल नं 9841164878मा कल गर्नुहुन अनुरोध छ।

प्रकाशन मिति–२०७७ साल जेठ २० गते मंगलवार ।