Tea Drinking 1

काठमाडौ। नेपालमा चिया खानेहरुको संख्यामा निक्कै बृद्धि भैरहेको पाइएको छ। कुनैबेला दूध भएको चिया खाने नेपालीहरुमा दूध नहालिएको ब्लाँक–टी खानेहरुको संख्यामा पर्याप्त मात्रामा बृद्धि भैरहेको छ। चिया पसलहरुमा पहिलो जस्तो दूध भएको चियाको भन्दा दूध नभएको कालो चियाकै बढी माग हुने गरेको बालुवाटार क्याफेका संचालक सम्पतमान श्रेष्ठको भनाई रहेको छ।

दूध राखिएको चिया भन्दा नराखिएको कालो चिया स्वास्थ्यको दृष्टिकोणले निक्कै लाभदायक हुने गरेको हालै अमेरिकामा गरेको अनुसन्धानवाट पुष्टि भएको छ। प्राचिन समयमा कालो चिया औषधिको रुपमा प्रयोग हुने गरेको पनि सोही अनुसन्धानले पुष्टि गरेको छ।

Tea Drinking 2कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र पर्याप्त भिटामिन पाइन्छन्। यसले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको अलावा रगतमा सुगरको मात्रालाई पनि नियन्त्रण गर्ने कार्य हुन्छ। जसको कारण कोषका हुने क्षयलाई रोक्नुको अलावा मधुमेह अर्थात सुगर रोगवाट बचाउने गर्दछन्। मुटुसंवन्धी रोगलाई न्यून गर्न पनि यसले मदत गर्ने बताइएको छ। 

सोही कालो चियामा दूध मिसाएमा विषमा परिणत हुने गर्दछ। कतिलाई दूध राखेको चिया सुट नहुने र एलर्जी नै हुने गर्दछ। स्वास्थ्यमा गडबढी नै ल्याउने तथ्य प्रकाशमा आएकोले दूधवाला चिया भन्दा स्वास्थ्यको दृष्टिकोणले कालो चिया नै उपयुक्त मानिएको छ।

प्रकाशन मिति–२०७२ साल फागुन १६ गते आइतवार ।