Page No.1- Sher Bdr Dewaba 1काठमाडौ। सत्ताको सर्वोच्च मोहमा पुगेपछि नेपालका प्राय नेताहरु कुनै न कुनै देउता र देउतालाई माध्यम बनाएर व्यापार गरिरहेका सन्त तथा ज्योतिषहरुको शरणमा पुग्ने गरेको पाइएको छ। उच्च तहमा पुगेपछि उनीहरु आफैमा खासै कन्फिडेन्स नभएर हो या कमजोर हुन पुगेको कन्फिडेन्सलाई बढावा दिन त्यसो गर्न पुगेको हो कि भन्न आशंका गरिन थालेको छ। यसको पछिल्लो उदाहरणमा नेपाली कांग्रेसको सर्वोच्च पद सभापतिमा चुनाव जितेका शेरवहादुर देउवा देखिएका नामी साप्ताहिकमा उल्लेख रहेको छ।

नेता देउवा सभापति भएदेखि हरेक दिनजसो श्रीमती आरजु देउवाको साथमा कुनै न कुनै मठ–मन्दिर पुगेर पूजापाठ र आराधना गर्न पुगेको पाइन्छ। यसो हुनुमा देउवाको आराधना र देउताप्रतिको मोह या नेपाली कांग्रेसमा सदा बर्चश्व कायम गर्न देउतासंग आशिर्वाद माग्न र लिन तल्लिन हुनुको पछाडि यही कारणले महत्व राखिएको हुनुपर्ने आशंका गरिएको छ।

Page No.1- Sher Bdr Dewaba 3नेपाली कांग्रेसका सभापतिमा जितेपछि देउवाको काँधमा समस्याका चाङ छन् । पार्टीको आन्तरिक मिलाउने, संसदीय दलको नेता चयन गर्ने, केन्द्रीय समितिलाई पूर्णता दिने र बर्षौदेखि हुन नसकोको भातृ संगठनको निर्वाचन गराउनु देउवाको चुनौती हुन् । यति धेरै समस्याका चाङ्ग भएतापनि देउवा भने दिनदिनै मन्दिरमा भाकल माग्ने र दर्शन गर्ने दौडधुपमा लागेका छन् । देउवा सभापति भएपछि वास्तविक परीक्षाको घडी सुरु भएको छ । तत्काल निर्णय गर्न सक्ने क्षमता राख्ने देउवा चैत्र १५ गते तामझामको साथ बसन्तपुरस्थित तलेजु भगवतीको मन्दिर दर्शन गर्न श्रीमती आरजु देउवा सहित पुग्नुलाई देउवाको देउताको खोजीको रुपमा भनिन थालेको छ।

प्रधानमन्त्री बन्न, पार्टीको सभापति बन्न, संसदीय दलको नेता बन्न पार्टी्भित्र आन्तरिक गृह कार्य गर्नतिर भन्दा पनि कहिले जोगी कहिले सन्यासी त कहिले पाइलट बाबसंग हात हेराएर अगाडि बढ्ने देउवाले सभापति उम्मेदवारी घोषणा गर्दा पनि उदघाटन सत्रकै दिन बिहान गरेका थिए । देउवा कार्यकर्तासंग भन्दा पनि ज्योतिषसंग बढी विश्वास गर्ने गर्छन भन्ने भनाई पनि कार्यकर्ताहरुले आशंका गर्न थालेको पाइएको छ।Page No.1- Sher Bdr Dewaba 2त्यसमाथि, लाखौ मानिसहरुको आस्थासंग जोडिएको र बर्षको एक दिन मात्र खोल्ने गरेको काठमाडौको हनुमानढोका दरवार स्थित तलेजु भवानी मन्दिर देउवाले राणा र राजा महाराजाहरुकै शैलीमा खोल्न लगाए । दर्शन गरे भाकल मागे । सबैलाई आश्चार्य पार्ने गरी राजा महाराजकै शैलीमा देउवाले लोकलाई लज्जित बनाउने गरी शासकको परिचय दिएका छन्।

Page No.1- Sher Bdr Dewaba 1श्रीमती आरजुसंगै तलेजु मन्दिर पुगेका देउवाले त्यहाँ एक घण्टा विताएका थिए । देउवाले मन्दिरमा पाँच हजार रुपैयाँ भेटी पनि चढाएका थिए । पुजाको लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । देउवा पार्टीका नेता र कार्यकर्तासंग भन्दा पनि जोगी सन्यासी ज्योतिषिसंग बढी विश्वास गर्छन । देउवाकी श्रीमती आरजु त ज्योतिषिलाई नहेराई केही पनि काम अगाडि नबढाउन सुझाव दिने गरको कांग्रेसका नेताहरु नै बताउंछन्।
प्रकाशन मिति–२०७२ साल चैत्र १९ गते शुक्रबार ।