PM Sher Bahadur Dewbaकाठमाडौ। मेलम्चीको पानी काठमाडौको लागि सपना बनेको पनि दुई दशक पुग्न लागेको छ। तत्कालिन सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुंदा नै मेलम्चीको पानीको कुरा चलेको हो।

त्यो चलेको कुरालाई बर्तमान नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम छिटो सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन्।आयोजनाको स्थलगत निरीक्षणका लागि बुधबार मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले पैसाको कुनै चिन्ता नलिइ तीव्ररुपमा काम अगाडि बढाउन निर्देशन दिएका छन्।

‘१७ वर्षदेखि काठमाडौंमा पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तोमात्रै भइरहेको’ भन्दै प्रधानमन्त्री देउवाले ‘साधन, स्रोत, पैसा कुनैपनि कुराको चिन्ता नलिएर काम गर्नू’–भनेका छन्। हेलिकोप्टरमा मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले  आयोजनास्थलको इन्टेक ड्याम र टनेलकोसमेत अवलोकन गरेका थिए।

यही दसैंसम्म काठमाडौंमा मेलम्चीको पानी पुग्ने भनिएकोमा त्यो सम्भावना टरेको र पुससम्ममात्रै पानी पुग्नसक्ने आयोजनाले भनेको छ।
प्रकाशन मिति–२०७४ साल साउन २५ गते बुधवार ।