काठमाडौ। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तार गरेका छन्। नेपालको इतिहासमा जम्बो मन्त्रीमण्डल बनाउने रेकर्ड राख्ने देउवा सरकारमा कमल थापा नेतृत्वको ८ जनालाई सरकारमा ल्याएका छन्।

Kamal Thapa.1

शुक्रबार नियुक्त गरिएकाहरुमा कमल थापा, दिलनाथल गिरी, जयन्त चन्द र विक्रम थापा रहेका छन्। थापालाई उपप्रधानमन्त्री दिइएको छ भने मन्त्रालय कसैको पनि तोकिएको छैन्। त्यस्तै, कान्ता भट्टराई, कुन्ती शाही, भास्कर भद्रा र सुशील श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

उनीहरुको पनि मन्त्रालय तोकिएको छैन। योसँगै देउवा सरकार ६४ सदस्यीय मन्त्रीमण्डल भएको छ।
प्रकाशन मिति–२०७४ साल असोज २७ गते शुक्रबार ।