काठमाडौं। काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको प्रमुख अथितित्वमा पार्टी कार्यालय भवन शिलान्यास तथा बृहत आमसभा कार्यक्रम हुने भएको छ। यही आँउदो चैत २७ गते उक्त कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा नेपाली कांग्रेसका बिशिष्ट अथितिका रुपमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, केन्द्रिय सदस्यहरु प्रदीप पौडेल, युवा नेता तथा समाज सेवी गणेश लामा, शिवप्रसाद हुमाँगाई लगायतका केन्द्रिय नेताहरु सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रमको आयोजना नेपाली कांग्रेस क्षेत्र नं १ काभ्रेपलाञ्चोकले गर्ने भएको पूर्वसासंद तथा युवा नेता तिर्थ लामाले बताएका छन्।

कार्यक्रमलाई बृहत तथा मनोरञ्जनात्मक बनाउन कलाकारहरुको पनि बेजोड सांस्कृतिक प्र्रस्तुति हुने भनिएको छ। भद्रगोलका पाँडे, काउली बुढी, गायक रोज मोक्तान, लोक गायिका देबी घर्ती मगर लगायतका कलाकारहरुले प्रस्तुति दिने भएको आयोजक समितिले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २५ गते सोमवार ।