Chhande Gopal Dhakal 2काठमाडौ। नेपालका नेता तथा प्रधानमन्त्रीहरुको क्यारिकेचर गर्ने र उनीहरुको हाउभाउ नक्कल गर्ने कलाकारहरुको जमातमा छन्दे उपनामवाट चर्चित कलाकार गोपाल ढकाल पनि देखिएका छन्। छन्दे ढकाल यतिखेर नेपालका बर्तमान प्रधानमन्त्री शेरवहादुर देउवाको हुबहु नक्कल उतारिरहेका छन्।

कान्तिपुर टेलिभिजनवाट प्रसारण भैरहेको ट्वाक्क–टुक्क रिटर्नस्मा प्रधानमन्त्री देउवाको हाउभाउ तथा बोलीलाई दूरुस्त निकाल्ने कार्य छन्दे गोपाल ढकालवाट भैरहेको छ। ट्वाक्क–टुक्कको भाग ३६ बाट प्रधानमन्त्री देउवाको नक्कल तथा हाउभाउ प्रदर्शन गरेर देउवा बनेका छन्देलाई अचेल कतिले देउवाजी भनेर भन्न थालेका छन्। जही भेटेपनि देउवाले वोल्ने शैलीमा बोल्न लगाउने गरेका छन्। छन्दे ढकाल पनि आफूभित्रको विलक्षण प्रतिभालाई प्रस्फुटन गर्ने मौका यही हो भनेर देउवाको हाउभाउको नक्कल गरेर सवैलाई हसाउने कार्य गर्दैआएका छन्।

स्टेजका प्रोग्रामहरुमा त अझ छन्दे गोपाल ढकालको यो प्रस्तुतिलाई मन पराउन थालेका छन्। टेलिभिजन र स्टेज दुवैमा छन्देलाई अव देउवाजी भन्दे भनेर भन्न लगाउने दर्शकहरुको अपार भीड तथा मायाले छन्दे लाइफमा गजबले परिवर्तन भएछु भन्न थालेका छन्।

Chhande Gopal Dhakal 1प्रकाशन मिति–२०७४ साल असार २ गते शुक्रबार ।