Mr.Sher Bahadur Deuba–Prime Minister of Nepal.
Mr.Sher Bahadur Deuba–Prime Minister of Nepal.

काठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिमन्डल विस्तार गरेका छन् । देउवाले मंगलबार आफ्नो पार्टी नेपाली कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट तीनजना राज्यमन्त्री थप गरेका हुन् ।

मन्त्रिमन्डल थपिएका राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले मंगलबारै पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन्। मंगलबार थपिएका राज्यमन्त्रीहरुमा नेपाली कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्र्रिन, सरिता प्रसाइँ, अमरसिंह पुन र तेजुलाल चौधरी रहेका छन् । यस्तै, नेपाल लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेहरुमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन्।

गत आइतबारमात्रै मन्त्रिमन्डलमा माओवादी केन्द्रका ८ जना राज्यमन्त्री थपिएका थिए । राज्यमन्त्रीहरुसमेत गर्दा देउवा मन्त्रिमन्डलको संख्या ५० पुगेको छ । यस हिसावले देउवा फेरि नेपालको इतिहासमा जम्बो मन्त्रीमण्डल हाक्ने प्रधानमन्त्री बनेका छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र ६ गते मंगलवार ।