काठमाडौं। आज असोज ३ गते अर्थात् संविधान दिवस । विसं.२०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको दिन हो। यस अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाउने कार्य भैरहेको छ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ।

समारोहमा तीनै सुरक्षा निकाय र विभिन्न संघ संस्थाहरुले जातजातीको भेषभूषा झल्कने झाँकी प्रदर्शनका साथै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्य भएको छ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिंहदबारबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आए बघिनीको जस्तो भूमिकामा उत्रिने बताए ।

ठीक तीन महिनाअघि प्रधानमन्त्री ओलीले संसदमा विपक्षी कांग्रेसले सम्बोधन गर्न रोकेपछि पत्रकार सम्मेलन गर्दै संविधानका तीनवटा मूल विशेषता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि आक्रमण हुन थालेको अभिव्यक्ति दिएका थिए।
प्रकाशन मिति–२०७६ साल असोज ३ गते शुक्रवार ।