Deharadunकाठमाडौ। भारतको उत्तराखण्डस्थित देहरादुनमा ठूलो हावाहुन्डरी आएपछि पहिरोले पुरिएर १० नेपालीको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।

चट्टानमुनी लुकेका उनीहरुलाई चट्टानमाथिको पहिरो खसेर किचेको थियो। मृत्यु हुने सबै सडक निर्माणमा खटिएका मजदुर छन्।

मृत्यु हुनेहरु जाजरकोट, कालिकोट, बाँके, रुकुम र बर्दियाका रहेका छन्। उनीहरुको नाम भने खुलेको छैन। घाइतेमध्ये ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अन्य ३ जना सामान्य उपचारपछि फर्किएका छन्। देहरादुनबाट उत्तरतर्फ ५० किलोमिटरको दुरीमा रहेको बस्तीमा सडक खन्ने कार्यका लागि उनीहरु त्यहाँ पुगेका थिए ।
प्रकाशन मिति–२०७३ साल जेठ १० गते सोमवार ।