काठमाडौ। आइतवार पश्चिम नेपालको दैलेखमा एसएलसी परीक्षा दिदै गरेको समयमा एक परीक्षार्थीले परीक्षास्थलमा नै बच्चा जन्माएकी छन्। दैलेखको चामुण्डा परीक्षा केन्द्र अन्तर्गत क परीक्षा केन्द्रमा परीक्षा दिदै गर्दा विमला रावतले छोरा जन्माएकी हुन्।

Nepali Pregancy 2

कृष्ण उच्च माध्यमिक विद्यालय लकान्द्रकी आंशिकतर्फकी १७ बर्षिय विद्यार्थी विमलाले जन्माएको छोरा र आमा दुवै स्वस्थ रहेको बताइएको छ। आइतवारको गणितको परीक्षा दिदा–दिदै जन्मिएको उक्त बच्चाको नाम गणित राख्ने हो कि भन्ने ठट्टा भएको छ। यससंवन्धमा छोराकी आमा विमलाले भने मुस्कुराउने मात्र कार्य गरेकी छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २२ गते सोमवार ।