काठमाडौं। आज आइतवार विहान दोलखाबाट तिर्थयात्री बोकेर मनकामना गैरहेको बस धादिङमा दुर्घटना भएको छ। दुर्घटनमा परेर २ को मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरेर, २४ जना घाइते बनेका छन्। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ—३ सलाङघाटस्थित सफल होटल नजिकै उक्त यात्रुबाहक बस दुर्घटना भएको हो।

 

मृत्यु हुनेमा दोलखा कालिन्चोक–७ निवासी वर्ष ७१ वर्षीय पार्वती बुढाथोकी र काल्चिोक माविमा १२ कक्षामा अध्ययनरत दोलखा सुनखानी निवासी करिव २८ वर्षीय हरिवंश केसी रहेको गजुरी प्रहरीले जनाएको छ।

तिर्थयात्री बोकेर गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरटेक गर्ने क्रममा सडकबाट खाल्डोमा खसेर दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा घाईतेहरु मध्य सामान्य घाइते १६ जनाको मलेखुस्थित सामुदायिक अस्पताल र गजुरीस्थित अस्पतालमा उपचार भैरहेको छ। यस्तै सख्त घाइते ८ जनाको थप उपचारार्थ काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उक्त बसमा ३० जना भन्दा बढी यात्रु रहेको प्रहरीले बताएको छ ।
प्रकाशन मिति–२०७६ साल बैशाख ८ गते आइतवार ।