काठमाडौ। दोलखामा शुक्रबार बिहान भूकम्प गएको छ। निर्वाचनको मतगणनातर्फ सबैको ध्यान केन्द्रीत भइरहेको समयमा दोलखामा भूकम्प जांदा केही बेर त्यहांका स्थानीय बासिन्दा तनाबमा परेका थिए।

दोलखाको सेबजालो नजिकै केन्द्रबिन्दु बनाएर बिहान ८ः३६ को समयमा भूकम्प गएको हो। ५.२ रेक्टर स्केलको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

भूकम्पको धक्का गएलगत्तै दोलखामा केहीबेर मतगणनासमेत रोकिएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रले अढाइ वर्ष अघि गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पकै पराकम्पको शृंखलास्वरुप शुक्रबार दोलखामा भूकम्पको धक्का महसुस भएको जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २२ गते शुक्रबार ।