Local Electionकाठमाडौ। जेष्ठ ३१ गतेवाट असार ९ गतेका लागि सारिएको दोश्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारिएको छ। अव असार १४ गते दोश्रो चरणको स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ ।

बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । असार ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो ।

दोश्रो चरणको स्थानीय निर्वाचनमा प्रदेश नम्बर १, २, ५ र ७ मा चुनाव हुँदैछ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भैसकेको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १७ गते बुधवार ।