ललितपुर । ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम सहितको बजेट शनिवार पनि पास भएन । नेकपा एमाले तथा माओवादीवाट निर्वाचित दुई तिहाई नगरसभा सदस्यहरुको बहिस्कारका कारण बजेट पास हुन नसकेको हो।

यसअघि विहीवार पनि छैठौ नगरसभामा पनि असन्तुष्ट दुई तिहाई नगरसभा सदस्यहरुको बहिस्कारका कारण पास नभएको हो। दुई पटक छैठौ नगरसभा बोलाएपनि मेयर चिरिबाबु महर्जनको पेलेरै जाने मनोमानीका नीति तथा कार्यक्रम सहितको बजेट पास हुन सकिरहेको छैन्।

यसको जिम्मेवार मेयर महर्जन आफै भएको जिकिर ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको रहेको छ। वडा अध्यक्ष श्रेष्ठले दुई पटक असन्तुष्ट नगरसभा सदस्यहरुले बहिस्कार गरेर बजेट पास फेल गरिसक्दा पनि मेयर महर्जन अझैपनि असन्तुष्ट पक्षको सही तथा तथ्यगत कुरालाई बेवास्ता गर्दै हिडे्को वताएका छन्। जुन मेयर महर्जनको चरम मनोमानी भएको ठहर श्रेष्ठले गरेका छन्।

भोलि आइतवार तेश्रो पटक छैठौ नगरसभा वोलाएको छ। यसलाई पनि बहिस्कार गरेमा मेयर महर्जनले एकलौटी ढंगले आ.ब.२०७८–०७९ को नीति तथा कार्यक्रम सहितको बजेट पास गर्ने निरंकुशता देखिएकोले असन्तुष्ट बहुमतको ९२ जना नगरसभा सदस्यहरु नगरसभामा पुग्ने भएको छ। अल्पमतमा रहेका मेयर महर्जनले कार्यपालिका तथा नगरसभावाट पास नगरिकन गरेका मनोमानी विरुद्धको हिसाव माग्ने वडा अध्यक्ष श्रेष्ठले वताएका छन्।


प्रकाशन मिति–२०७८ साल असार १२ गते शनिवार ।